समाज

शरणार्थी शिविरमा आगलागी हुँदा ३ टहरा जलेर नष्ट

By admin

February 14, 2022

पथरी । मोरङको पथरीशनिश्चरे नगरक्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरमा आज आगलागी हुँदा ९ लाख बढीको सामान जलेर नष्ट भएको छ ।

 

सो स्थानमा रहेका ३ वटा परिवारको टहरा र तिनमा भएका सम्पूर्ण सामान जलेर नष्ट भएको हो । दिउँसो भएकाले मानवीय क्षति भने नभएको बताइएको छ ।

 

ए १ हट नं. १९ का तिलक राईको पुरानो तीनवटा टहरामा राखिएको महत्वपूर्ण कागजातबाहेक अन्य अत्यावश्यक खाद्यान्न, लुगाफाटा, भाडाकुडा, मोवाइल ३ थान, साईकल २ थान, सिलिन्डर ग्यास २ थान, ३ तोलाको गरगहना र बन्दै गरेको कंक्रिट घरको लागि जोहो गरिराखेको ४ लाखबढी नगद लगायत जलेर नष्ट भएको पीडित परिवारका छोरा अर्जुन राईले बताए ।

 

सोमबार दिउँसो ३ः३० बजेतिर बंगुरको लागि चारो पकाउने क्रममा पुरानो टहरामा राखिएको दाउराबाट आगो सल्किएको पीडित परिवारले जनाएको छ ।