समाज

तेह्रथुमको म्याङलुङ बजारमा आगलागी हुँदा एक घर नष्ट

By admin

February 15, 2022

तेह्रथुम । तेह्रथुम सदरमुकाम म्याङलुङ बजारमा आज (मंगलबार) बिहानै आगलागी भएको छ । बजारको बीचमा रहेको सिंहबाहिनी मन्दिर नजिकैको घरबाट आगलागी सुरु भएको स्थानीयले बताए ।

 

बजारको बीचमा रहेको अर्जुन अधिकारीको होटलबाट आगलागी सुरु भएको थियो । आगलागीबाट एक घरमा पूर्णरूपमा क्षति भएको छ । प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ ।

 

बजारको मध्य भागबाट आगलागी सुरु भए पनि स्थानीयकाे प्रयासमा ठूलो क्षति हुन पाएन । आगलागी नियन्त्रणका लागि म्याङलुङ नगरपालिकाको दमकल प्रयोग गरिएको थियो । क्षतिको थप बिवरण आउन बाँकी छ ।