समाज

मोरङको सुनवर्षीबाट ब्राउन सुगरसहित एक जना पक्राउ

By admin

February 15, 2022

झापा । मोरङको सुनवर्षी नगरपालिका ८ बाट खैरो हिरोईन (ब्राउन सुगर)सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा मोरङको सुनवर्षी १ का २३ वर्षीय बिनोद तामाङ रहेका छन् । हिजो (सोमबार) राति पौने ७ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको गस्ती टोलीले पैदल यात्री तामाङलाई शंका लागेर चेकजाँच गर्दा उनले प्लास्टिकमा पोको पारी शरीरमा लुकाईराखेको १ ग्राम ७४० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।

 

प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका तामाङको इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।