समाज

इलामको माइखोलामा डुबेर बालिकाको मृत्यु

By admin

February 15, 2022

झापा । इलामको माईजोगमाई गाउँपालिका ४ मा माईखोलामा डुबेर बालिकाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा माईजोगमाई ४ का दिपक राईकी ९ वर्षीया छोरी अरिना राई रहेकी छिन् । हिजो (सोमबार) बेलुकी ४ बजे माईखोलामा माछा मार्ने क्रममा पानीमा डुबेर अचेत अवस्थामा उनकी आमाले फेला पारेकी थिइन् ।

 

उनलाई थप उपचारको लागि लैजाने तयारी गर्दागर्दै अरिनाको घरमै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको छ ।