समाज

मोरङको धनपालथानबाट बलत्कार आरोपमा शिक्षक पक्राउ

By admin

February 18, 2022

मोरङ । धनपालथान गाउँपालिका ५ स्थित एकतारा आधरभूत विद्यालयका शिक्षक बलत्कार आरोपमा पक्राउ परेका छन् । धनपालथान ५ घर भएका ४० वर्षीय कालुराम खवास बिहीबार पक्राउ परेका हुन् ।

 

शिक्षक खवासले धनपालथानकी २९ वर्षीया महिलालाई पुस १२ गते बलत्कार गरेको आरोप छ । जबरजस्ती करणी आरोपमा पीडितले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीले पक्राउ गरेको जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए ।

 

खवासले पीडित महिलाको ७ लाख रुपैयाँ लगेको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ । पीडित महिलाका पति वैदेशिक रोजगारीमा छन् । खवासले विभिन्न मितिमा ७ लाख रुपैयाँ रकम लगेको पीडित महिलाको परिवारजनले बताएका छन् ।