समाज

पिकअपमा ४ क्विन्टल गाँजासहित ३ जना पक्राउ

By admin

February 18, 2022

उदयपुर ।  उदयपुरको बेलका नगरपालिका ८ सिरुवानीवाट ठुलो परिमाणमा नियन्त्रित लागूऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

लागूऔषध गाँजाको ओसारपसार तथा कारोवार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान सवा २ बजे ४ सय केजी गाँजासहित ३ जनालाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरुमा बेलका नगरपालिका ८ का २७ वर्षीय गोकुल राई, बेलका नगरपालिका ७ का २९ वर्षीय मनोज राई र बराहक्षेत्र नगरपालिका १ सुनसरीका २३ वर्षीय मनिष धामी रहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । उनीहरुलाई को. १ ज २७६१ नम्बरको पिकअपमा गाँजा ओसारपसार गरिरहेको अवस्थामा पिकअपसहित पक्राउ गरिएको हो ।

 

उनीहरुको साथबाट प्रहरीले नगद ६३ हजार २५ रुपैयाँ समेत बरामद गरेको जनाएको छ । गाँजासहित पक्राउ परेकाहरुलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।