समाज

झापामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

By admin

February 23, 2022

झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । झापाको मेचीनगर नगरपालिका ७ मा मंगलबार बेलुकी मोटरसाइकलको ठक्करबाट मेचीनगर ८ का १९ वर्षीय श्याम मगरको मृत्यु भएको हो ।

 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको अस्पताललाई उद्धृत गर्दै ट्राफिक प्रहरीले जनाएको छ । मे १० प २२ ३२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका मगरलाई हिजो बेलुकी पौने ८ बजे ठक्कर दिएको थियो ।

 

मोटरसाइकल सहित चालक भने ईलाका प्रहरी कार्यालय काँकडभिट्टा झापाको नियन्त्रणमा रहेका छन् ।