अर्थ बजार

धनकुटाको सिमसार क्षेत्रमा अझै पर्यटक आउन सकेनन्

By admin

February 23, 2022

तेह्रथुम । कोरोना भाईरसको संक्रमण बढेपछि सुनसान भएको धनकुटाको पाख्रिबास नगरपालिका स्थित संसारी सिमसार क्षेत्रमा अझै पर्यटक आउन सकेका छैनन्।

 

अन्य समयमा आन्तरिक तथा वाह्य पर्यटकले भरीभराउ हुने सिमसार क्षेत्रमा पर्यटकको आगमन शून्य झै बनेको छ । पर्यटकहरुको चाप हुँदा राम्रो आम्दानी गर्दै आएका यहाँका पर्यटन व्यावसाय समेत संकट पर्दै गएका छन् ।

 

सिमसार क्षेत्रमा प्रदेश सरकारको २० लाख लगानीमा ४ वटा मिनी चिडियाखाना, शिवको मूर्तीलागएतको भौतीक संरचनाको निमार्ण गरीएकोथियो । पर्यटकहरुको चाँप बढ्न थालेपछि पोखरीमा बोटिङको समेत ब्यावस्था गरिएकोथियो । संसारी सिमसार २५ रोपनी क्षेत्रफलमा फैलिएको छ । इमेज खबरबाट