समाज

अर्जुनधाराको गाँजाबारीमा परजीवी नियन्त्रणबारे अन्तरक्रिया

By admin

February 24, 2022

अर्जुनधारा । झापाको अर्जुनधारा २ स्थित गाँजाबारीमा नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा परजीवी नियन्त्रण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 

स्थानीय श्रीकृष्ण प्रणामी मन्दिरको सामुदायिक सत्संग भवनमा आयोजित उक्त कार्यक्रम स्थानीयस्तरमा रहेका पशुपालन गर्ने कृषकहरुलाई शाखाले हालसम्म गरेको गतिविधि र उनीहरुको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले आयोजना गरिएको शाखा प्रमुख पदमलाल राईले जानकारी दिए ।

 

सहआयोजक खुदुनाबारी कृषक समूहका अध्यक्ष तुलसीप्रसाद ढकालको अध्यक्षतामा आयोजित सोही कार्यक्रममा एक सय ५७ जनाभन्दा बढी कृषकलाई परजीवी नियन्त्रण कार्यक्रम अन्र्तगत जुका, नाम्ले, किर्ना, जुम्राको औषधि निःशुल्क वितरण गरिएको थियो ।

 

नगर प्रमुख हरिकुमार रानाले नगरपालिकाको विभिन्न विषयबारे सहभागिहरुलाई जानकारी गराएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, नगर विकास बहुउद्धेश्यीय सहकारी संस्थाका वडा संयोजक प्रेमप्रसाद आचार्यलगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन समूहका सचिव देवीप्रसाद ढुङ्गेलले गरेका थिए ।