समाज

विराटनगरमा भारतीय नक्कली नोटसहित ३ जना पक्राउ

By admin

February 25, 2022

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका १३ बाट भारतीय नक्कली नोटसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा भारत पुर्णिया थान चोक ग्राम पन्चायतका ३४ वर्षीय राजु गुप्ता र मधुवनी सिपाही टोलका ३५ वर्षीय चन्दन कुमार ठाकुर र कनेला रानीपत्राका २२ वर्षीय मोहमद महसुम रहेका छन् । शुक्रबार बिहान साढे १० बजे बिराटनगर १३ नहर चोकमा सिआरभी जतुवाबाट खटिएको चेकिङ टोलीले पक्राउ गरेको हो ।

 

प्रहरीले चेकजाँचको क्रममा टेम्पोमा सवार रहेका निजहरुको साथबाट ४८ वटा १०० रुपैयाँका भारतीय नक्कली नोट बरामद भएको हो । नक्कली नोटसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।