समाज

मेची खोला बगरबाट ब्राउन सुगरसहित २ जना पक्राउ

By admin

February 28, 2022

काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका ५ स्थित मेचीखोला बगरबाट लागू औषध ब्राउन सुगरसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा मेचीनगर ३ का १९ वर्षीय अविषेक श्रेष्ठ र भारत दार्जीलिङका २२ वर्षीय अनमोल प्रधान रहेका छन् । मेची खोला बगरमा शंकास्पद अवस्थामा भारतबाट पैदल हिँड्दै नेपालतर्फ आउँदै गरेका श्रेष्ठ र प्रधानलाई सीमा सुरक्षा चौकीका प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

उनीहरुको साथबाट २५० ग्राम ब्राउन सुगर र २०४ क्याप्सुल लागूऔषध बरामद गरेको छ । प्रतिबन्धित लागूऔषध सहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

यसअघि मेचीनगर ६ बाट इलाम माईजोगमाई १ का २३ वर्षीय जोसेफ थापालाई प्रहरीले पक्राउ गरेको थियो । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा उनलाई प्रहरीले शंका लागी चेकजाँच गर्ने क्रममा ९ ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।