बिर्तामोड। झापामा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका व्यक्ति १९ वर्षीय किशोर परेका छन् ।
पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ४ करेलाका रमेश लिम्बू रहेका छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । लिम्बूले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।