समाज

धरानमा करेन्ट लागि एक जनाको मृत्यु

By admin

March 07, 2022

धरान । सुनसरीको धरान उपमहानगरपालिका १५ कृष्णापथमा करेन्टलागी १ जनाको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ वर्षीय मौसम प्रधान रहेका छन् । हिजो बेलुका ६ बजे पदमबहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागी छतबाट भुइँमा लडी घाइते भइका उनको उपचारको लागि घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

 

घटनाको जानकारी पाएलगतै घटनास्थल पुगेको वडा प्रहरी कार्यालय धरानले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।