समाज

झापा गाउँपालिकामा आगलागीबाट ३० लाखको क्षति

By admin

March 09, 2022

कुमरखोद (झापा) । झापा गाउँपालिकाको एक घरमा आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको छ । झापा गाउँपालिका वडा नं १ सितुमारी बस्ने ठाकुरप्रसाद रिजालको घरमा आगलागी भएको हो ।

 

मंगलवार साँझ ७ बजे नजिकै रहेको भान्सा घरमा खाना खाइरहेको समयमा अचानक आगलागी हुँदा घरभित्रको कुनै पनि सामान निकाल्न नसकिएको रिजालले बताए ।

 

आगलागीबाट टिनको छानो भएको काठको भुइतले घर , नगद र जिन्सी सामान सम्पूर्ण जलेर नष्ट भएको छ । आगलागी हुँदा करिव ३० लाख बराबरको क्षति भएको झापा गाउँपालिकाको १ नं वडा कार्यालयले जनाएको छ । विद्युत सर्टका कारण आगलागी भएको अनुमान गरिएको छ ।

 

आगलागी नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कुमरखोदका सई रत्नबहादुर श्रेष्ठले बताए ।