अर्थ बजार

अर्जुनधारामा कर्णाली साकोसको सहकारी शिक्षा कार्यक्रम

By admin

March 09, 2022

अर्जुनधारा । झापाको अर्जुनधारा क्षेत्रमा रहेका आफ्ना शेयर सदस्यहरुलाई लक्षित गरि बिर्तामोड ४ स्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार सहकारी शिक्षा प्रदान गरेको छ ।

 

संस्था सञ्चालक समितिकी अध्यक्ष गौरीमाया चिमरीया ‘अस्मिता’को अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा सहजकर्ताद्वय शिक्षा उपसमितिका संयोजक भूपाल बस्नेत र सदस्य देवीबहादुर पाठकले सहजिकरण गरेका थिए ।

 

सहकारी शिक्षासँगै संस्थाको चिनारी, संस्थामा शेयर सदस्यता विवरण सम्बन्धी व्यवस्था, संस्थाको वस्तु र सेवाहरु, सदस्यमा सामाजिक सुरक्षा कार्यक्रमहरु, सदस्यहरुलाई उपचार सुविधा सम्बन्धी नियम र कोषको स्रोतको व्यवस्था, विशेष उपचार सुविधालगायतका विषयमा जानकारी गराइएको कार्यक्रममा एक सय दुई जनाको सहभागिता रहेको थियो ।

 

अर्जुनधारा नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखा प्रमुख पदमलाल राई, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शी, ज्येष्ठ शेयर सदस्य देवी पाठकलगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन शिक्षा उपसमितिका सदस्य पाठकले गरेका थिए ।