समाज

९६ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

By admin

March 13, 2022

सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका ४ बाट नियन्त्रित लागूऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

लागूऔषध ब्राउनसुगरको ओसारपसार भइरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका ८ का २२ वर्षीय मिथुनकुमार यादव र १९ वर्षीय प्रमोद कुमार सरदारलाई पक्राउ गरेको हो ।

 

उनीहरुको साथबाट प्रहरीले ९६ ग्राम लागूऔषध ब्राउनसुगर तथा लागूऔषध ओसार पसारमा प्रयोग गरिएको भारतीय नम्वरको मोटरसाइकल समेत बरामद गरेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।