समाज

अर्जुनधाराका रेशबहादुर ब्राउन सुगरसहित पक्राउ

By admin

March 13, 2022

झापा । झापाको दुई स्थानबाट लागुऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका ४ भाङबारीका ३६ वर्षीय रेशबहादुर सार्की छन् ।

 

हिजो बेलुका ७ बजे अस्थायी प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी टोलीले रेशबहादुर सार्कीलाई घरमै ब्राउनसुगर २ ग्रामसहित पक्राउ गरेको हो ।

 

यसैबीच, झापा मेचीनगर नगरपालिका १२ का ४५ वर्षीय कुमार राजबंशीलाई पनि प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची पुल छेउबाट कुमार राजबंशीलाई ४ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

 

पक्राउ परेका दुवै जनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।