समाज

झापाको खुदुनाबारीमा ‘डबल सुब्बा’को शालिक अनावरण

By admin

March 13, 2022

अर्जुनधारा । झापाको अर्जुनधारा ३ स्थित वडा कार्यालयको परिसरमा नवनिर्मित स्व. खड्गबहादुर नेम्वाङ “डबल सुब्बा”को शालिकको आइतबार एक कार्यक्रमका बीच अनावरण गरिएको छ ।

 

साविक खुदुनावारी गाउँ विकास समितिलाई निःशुल्क १० कठ्ठा जग्गा प्रदान गर्ने जग्गादाता नेम्वाङको अर्धकदको शालिकको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले अनावरण गरेका हुन् ।

 

समितिका अध्यक्ष जीवकुमार भण्डारी ‘जीवन’को अध्यक्षतामा आयोजित कार्यक्रममा जग्गादाता नेम्वाङको व्यक्तित्व परिचय बाबुराम बुढाथोकीले गरेका थिए । जग्गादाताको सम्मान र स्मृतिस्वरुप शालिक निर्माण गरिएको वडा कार्यालयले जनाएको छ ।

 

कार्यक्रममा अर्जुनधारा २ वडा समितिका अध्यक्ष रघुनाथ खनाल, साविक खुदुनावारी गाविसका उपाध्यक्ष नरबहादुर कन्दङवा, नेपाली काँग्रेस नगर सभापति हेमराज खरेल, नेकपा एमाले नगर अध्यक्ष लोकमान श्रेष्ठ, एकीकृत समाजवादी वडाका अध्यक्ष लक्ष्मी शर्मा, राप्रपाका प्रतिनिधि इन्द्रबहादुर बुढाथोकी, राजमुपाका प्रतिनिधि मीना पन्धाक, दाता परिवारका सदस्य खगेन्द्रविक्रम नेम्वाङलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

समितिकी सदस्य दिलमाया दासले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन वडा सचिव खगेन्द्र लिङदेनले गरेका थिए