खेलकुद

साफ यू-१८ मा नेपाल र भारत भिड्दै

By admin

March 15, 2022

झापा । साफ यू-१८ महिला च्याम्पियनसिप फुटबल आज मंगलबारबाट भारतको जमसेदपुरमा सुरु हुँदैछ । यू-१८ महिला साफको उद्घाटन खेलमा नेपालले आयोजक भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७ः१५ बजे सुरु हुनेछ ।

 

नेपाल आज भारतलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छ । तर, उपाधि दाबेदार भारतविरुद्ध जित निकाल्न नेपाललाई सहज छैन । नेपाली टोलीका मुख्य प्रशिक्षक दर्शन भक्त राजलवटले घरेलु टोलीविरुद्ध खेल्न कठिन हुने बताउँछन् ।

 

‘घरेलु टोलीसँग खेल्न सधैं गाह्रो हुन्छ तर हामी आफ्नो उत्कृष्ट खेल्ने छौं । परिस्थिति अनुसार खेल्ने छौँ’, प्रशिक्षक दर्शनले भने ।

 

भारत पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ । डबल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ ।

 

यस्तै नेपालले दोस्रो खेलमा मार्च १७ मा बंगलादेशको सामना गर्नेछ । मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ । शीर्ष टोलीले उपाधि जित्नेछ ।