समाज

पाँचथरमा जिप दुर्घटना, ११ जना घाइते

By admin

March 28, 2022

फिदिम । पाथीभरा दर्शनमा हिँडेका तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

 

इटहरीदेखि ताप्लेजुङ जॉदै गरेको को १ ज २८४६ नम्बरको बलेरो जिप पॉचथरको फिदिम नगरपालिका २ स्थित रमिते डाँडामा सोमबार दिउँसो १ बजे दुर्घटनामा परेको थियो ।

 

घाइते ११ जनामध्ये ९ जना इटहरी उपमहानगरपालिका ५ का बासिन्दा छन् । उनीहरुमध्ये ४५ वर्षीय मैया थापाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पॉचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए ।

 

जिपका चालक प्रकाश तामाङ प्रहरीको नियन्त्रणमा छन् । तीव्र गतिमा गुडिरहेको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।