समाज

झापा ट्राफिकले पायो नयाँ भवन

By admin

March 28, 2022

बिर्तामोड । प्रदेश सरकारले झापाको बिर्तामोडमा ट्राफिक प्रहरीका लागि भवन निर्माण गरिदिएको छ । एक करोड ८८ लाख रुपैयाँको लागतमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको भवन निर्माण भएको हो ।

 

सोमबार बिर्तामोडमा आयोजित कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले नवनिर्मित भवनको उद्घाटन गरेका छन् । छ कठ्ठा क्षेत्रफलमा फैलिएको ट्राफिक भवनमा ११ वटा कोठा छन् ।

 

यान्त्रिक कार्यालयको जग्गामा प्रदेश सरकारले ट्राफिक भवन निर्माण गरेको हो । मुक्ति चोकमा रहेको ट्राफिक भवन पुरानो अवस्थामा छ । पुरानाे कार्यालयबाट झापा ट्राफिकले कार्य सम्पादन गर्दा अनेक झञ्झट व्यहाेर्न बाध्य थियाे ।

 

सडक विस्तारका क्रममा पुरानो ट्राफिक भवन भत्किने भएपछि ट्राफिक प्रहरीले नयाँ भवन निर्माण गरिदिन सरकारलाई अनुरोध गर्दै आएको थियो । सुविधा सम्पन्न नयाँ भवन निर्माणा भएपछि कार्य सम्पादनमा सहजता प्रदान हुने विश्वास लिइएकाे छ ।

 

 

नवनिर्मित भवन परिसरमा समुदाय तहको लगानी र सहभागितामा कम्पाउन्ड वाल निर्माण गरिएको छ। व्यवसायी सुभाष भट्टराईको संयोजकत्वमा गठित निर्माण समितिले कम्पाउन्ड वाल निर्माण गरेको हो ।