समाज

मोटरसाइकल दुर्घटना वडा सचिवको मृत्यु

By admin

March 30, 2022

सुनसरी । सुनसरीको रामधुनी नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जना वडा सचिवको मृत्यु भएको छ । रामधुनी नगरपालिका वडा नम्बर ६ स्थित बक्लौरीमा भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको हो ।

 

इचोलबाट बक्लौरीतर्फ जाँदै गरेको को. २४ प ९४५६ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडकमा पल्टिएर दुर्घटना हुँदा घाइते भएका मोटरसाइकल चालक रामधुनी नगरपालिका ६ का वडा सचिव ५३ वर्षीय नन्दकुमार श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परि घाइते भएका वडा सचिव श्रेष्ठलाई उपचारको लागि धरान घोपा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।