समाज

ताप्लेजुङमा चट्याङ लागेर भलिबल खेलाडीको मृत्यु

By admin

April 03, 2022

ताप्लेजुङ । वर्षासँगैको चट्याङले लागेर ताप्लेजुङको सिरिजंगा गाउँपालिका २ आम्वेगुदिन ल्हासाटोल निवासी मुकेश भट्टराईको मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीका अनुसार शनिबार बेलुका साढे ८ बजेतिर सोही स्थानका रनबहादुर चौहानको दूध डेरीको अगाडि बसिरहेको अवस्थामा उनलाई चट्याङले लागेको थियो ।

 

स्थानीयले तत्काल बोकेर तेल्लोक प्राथमिक उपचार केन्द्र पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको अधिकारीले बताए । २३ वर्षीय भट्टराई गाउँपालिकाको राम्रो भलिबल खेलाडी हुन् ।

 

पालिकास्तरीय भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने उनको निधनले जिल्लाको भलिबलमा नराम्ररी क्षति पुगेको जिल्ला भलिबल संघले जनाएको छ । इकान्तिपुरबाट