खेलकुद

त्रिवेणी गोल्डकपमा फिक्कलको विजयी सुरुवात

By admin

April 07, 2022

इलाम । मिलेनियम फ्रेण्डस् एफसी फिक्कलले इलामको फाकफोकथुम ४ स्थित फुएतप्पामा सुरु दोस्रो त्रिवेणी आमन्त्रित गोल्डकपमा विजयी सुरुवात गरेको छ ।

 

स्थानीय विष्णु माविको खेलमैदानमा सुरु गोल्डकपमा पाहुना टोली हात्तीटार स्पोर्टिङ क्लब धनकुटालाई २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । फिक्कलका लागि सचिन योल्मु र शेखर राईले गोल गरे । धनकुटाका लागि आशिष चेम्जोङले एक गोल गरेका थिए ।

 

त्रिवेणी युवा विकास संस्था फुएतप्पाले आयोजना गरेको गोल्डकपको विजेताले २ लाख र उपविजेताले नगद १ लाखसहित ट्रफी पाउनेछ । भोलि शुक्रबार ओएसिस एफसी इलाम र सताक्षी स्पोर्टिङ क्लब झापाबीच खेल हुनेछ ।