अर्थ बजार

फाल्गुनन्द सडकको निर्माण कार्यले गति लिएपछि स्थानीय खुशी

By admin

April 17, 2022

इलाम । इलाम र झापा जोड्ने दमक चिसोपानी सडक खण्ड तथा फाल्गुनन्द मार्ग निर्माण कार्यले गति लिएपछि स्थानीय जनता खुशी भएका छन् ।

 

दुई दशक अघिदेखि बाटोको ट्रयाक खन्ने कार्य सुरु भएकोमा अहिले स्तरोन्नतीसँगै कालोपत्रेको काम अघि बढेको हो । तीन वटा अलग–अलग प्याकेजमा बाटो निर्माणको काम चलिरहेको र आगामी फागुनभित्रमा मर्चिभुङ चिसोपानी सडक खण्डमा बाटो कालोपत्रे कार्य सकिने निर्माण कम्पनीको भनाइ छ ।

 

दमकदेखि पञ्चमी बजारसम्मको ३३ किलोमिटर सडकको लागत १ अर्ब ३६ करोडभन्दा बढी रहेको छ । आर्थिक वर्ष २०७५/०७६ बाट राष्ट्रिय सडक सञ्जालमा परेको यो सडकका लागि नेपाल सरकार भौतिक निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत बजेट विनियोजन हुन थालेको हो ।

 

त्यसका अतिरिक्त प्रदेश १ सरकारले सो सडकलाई प्रदेश सरकारको गौरवको आयोजनाको रूपमा राखेर आर्थिक वर्ष २०७६/७७ मा कालोपत्रेसहितको बजेट विनियोजन भएको थियो ।