समाज

बिर्तामोडका २ युवा ७ ग्राम ब्राउन सुगरसहित पक्राउ

By admin

April 18, 2022

काँकरभिट्टा । झापाको बिर्तामोडमा डेरा बस्दै आएको दुई युवा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित आज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीहरुलाई पूर्वी नाका काँकरभिट्टा क्षेत्रबाट पक्राउ गरिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका ती युवालाई मेचीनगर ६ मेची पुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

नेपालतर्फ आउँदै गरेकका सिन्धुपाल्चोक जिल्ला मेलम्ची १० घर भइ झापा बिर्तामोड ८ गरामनी बस्ने २८ वर्षीय सविन गोले तामाङ र तेह्रथुम जिल्लाको आठराई ७ घर भइ हाल बिर्तामोड ८ बस्दै आएका २७ वर्षीय धनवीर बराललाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ७ ग्राम फेला थियो । उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय काकँरभिट्टाले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रवक्ता बसन्त पाठकले जानकारी दिएका छन् ।