राजनीति

बिर्तामोडका उपमेयरसहित २८ जना जनप्रतिनिधिद्वारा राजीनामा

By admin

April 22, 2022

बिर्तामोड । आसन्न स्थानीय निर्वाचनको तयारीका लागि उपमेयरसहित बिर्तामोड नगरपालिकाका २८ जना जनप्रतिनिधिहरुले आज राजीनामा दिएका छन् ।

 

राजीनामा दिनेहरुमा उपमेयर पवित्रा महतारा प्रसाई, वडा नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, सदस्यहरु प्रेमकुमार खरेल, यमुना आचार्य, कमला महरा, वडा नं २ का वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, सदस्य किशोर पौडेल, वडा नं ३ का वडाध्यक्ष भोजराज सिटौला, सदस्य पूर्णप्रसाद राजवंशी, वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौला, सदस्यहरु राहुल शर्मा, निर्मला सोनार, कविता डाँगी छन् ।

 

यसैगरी, वडा नं. ५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, वडा नं ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, सदस्यहरु पवित्रादेवी कोइराला, शोभा विक, वडा नं ८ का वडाध्यक्ष अजय कार्की, सदस्यहरु लक्ष्मी नेपाली, इन्दिरा पाण्डे, गंगालाल राजवंशी, वडा नं ९ का वडा सदस्यहरु हरि चौलागाई, संगीता शिवा, वडा नं १० का वडाध्यक्ष दुर्योधन गुरुङ, सदस्यहरु अर्जुन सिटौला, भक्तसिंह राजवंशी, गीता घिमिरे र दिपिका शिवा रहेका छन् ।

 

आसन्न निर्वाचनका लागि वैशाख ११ गते मनोनयन दर्ता गर्नुअघि बहालवाला जनप्रतिनिधिहरुको राजीनामा स्वीकृत गरिनुपर्ने प्रावधान छ । मेयर ध्रुवकुमार शिवाकोटीलाई उनीहरुले बुझाएको राजीनामा आजै स्वीकृत भएको जनाइएको छ ।