झापा । झापाको बाह्रदशी गाँउपालिका ३ चारपाने राजगढ सडक खण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका २ का १९ वर्षीय दिपेश विष्ट रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा राति पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
विष्टले चलाएको प्रदेश २-०३-१९ प १८ ६४ नम्बरको मोटरसाइकल राति साडे ११ बजे बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय राजगढ झापाले जनाएको छ ।