मोरङ । मोरङको बिराटनगर महानगरपालिका १५ बाट प्रतिबन्धित ब्राउन सुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका २ का ३६ वर्षीय राजु महर्जन रहेका छन् । बिहीबार बेलुका इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले चेक जाँचको क्रममा महर्जन पक्राउ परेका हुन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका महर्जनको साथबाट १० ग्राम ९८ मिलिग्राम ब्राउन सुगर र नाईट्रोसन २० चक्की चेकजाँचका क्रममा प्रहरीले बरामद गरेको थियो ।
लागुऔषधसहित पक्राउ परेका महर्जनको सम्मानित मोरङ जिल्ला अदालतबाट लागुऔषध कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।