समाज

ताप्लेजुङकी मालपोत अधिकृत घूससहित पक्राउ

By admin

April 24, 2022

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको मालपोत कार्यालयका अधिकृत लेखा पनेरु घूस रकमसहित पक्राउ परेकी छन् । काठमाण्डौंबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

 

प्रवक्ता भण्डारीका अनुसार उनलाई सेवाग्राहीबाट लिएको १ लाख ५० हजार रकमसहित पक्राउ गरेको हो । बाबुको नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिए बापत रकम लेनदेन गरेको आरोप पनेरुमाथि छ ।

 

सदरमुकाम फुङलिङको कोप्चे लाइनको एक घरबाट उनलाई अख्तियारले पक्राउ गरेको हो । उनी यसै वर्ष प्रवल जनसेवा श्री चतुर्थबाट पुरस्कृत भएकी थिइन् ।