समाज

६८८ ग्राम ब्राउन सुगरसहित पथरीशनिश्चरेका युवा पक्राउ

By admin

April 26, 2022

मोरङ । मोरङको रतुवामाई नगरपालिका ३, छालगाछीबाट ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा पथरी शनिश्चरे नगरपालिका ४ बस्ने ५३ वर्षीय खड्कप्रसाद सिलवाल छन् । उनको साथबाट ६८८ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गर्दा उनी पक्राउ परेका हुन् ।

 

उनी सवार बा ७६ प ४६९७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक सिलवाललाई उक्त लागूपदार्थसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।