समाज

सिटी सफारी र ब्याट्री चोर्ने ३ जना पक्राउ

By admin

April 30, 2022

मोरङ । मोरङको बिराटनगर महानगरपालिका ६ बाट चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सिटी सफारीको ब्याट्री चोरेर लैजाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा बिराटनगर ८ का २२ वर्षीय मोहमद जुमन, बिराटनगर ११ का ३४ वर्षीय मोहमद अन्सारुल र बिराटनगर १२ का २२ वर्षीय पवन रविदास रहेका छन् ।

 

हिजो बिहान वडा प्रहरी कार्यालय (क) बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर ६ स्थित रामपुर चौकमा सिटी सफारीमा प्रयोग हुने ५ थान ब्याट्री चोरी गरी को. २ ह ३६१० नम्बरको अटो टेम्पोमा लाँदै गरेको अवस्थामा तीनै जनालाई सामानसहित पक्राउ गरेको हो ।

 

अनुसन्धानको क्रममा वि.न. १ ह ००९३ नम्वर र को. १ ह ७८१८ नम्बरको दुई वटा सिटी सफारीसमेत उनीहरुले चोरी गरेको खुल्न आएको हुँदा सिटी सफारीसमेत बरामद गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।