समाज

बुढी खोलाले बगाउँदा बालिकाको मृत्यु

By admin

April 30, 2022

झापा । मोरङको बुढीगंगा गाउँपालिका २ स्थित बुढी खोलाले बगाउँदा एक जना बालिकाको मृत्यु भएको छ ।

 

हिजो दिउँसो १ बजे स्थानीय मजुलम मियाकी ८ वर्षीया छोरी रुसिना खातुनको बुढी खोलाले बगाउँदा मृत्यु भएको हो । उनी दिदी सुहाना खातुनसंगै पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएकी थिइन् । बेपत्ता भएकी रुसिनाको तत्काल स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोज तलास गर्ने क्रममा सोही स्थानमा मृत अवस्थामा लाश फेला पारेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

मृतक बालिकाको लाशलाई पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर पठाइएको र घटना सम्वन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।