समाज

खोटाङ र मोरङमा करेन्ट लागि २ जनाको मृत्यु

By admin

April 30, 2022

विराटनगर । खोटाङ र मोरङको छुट्टाछुट्टै दुई स्थानमा करेन्ट लागि दुई जनाको मृत्यु भएको छ । एक जनाकाे काठकाे काम गर्ने क्रममा र अर्का जनालाई माेटरबाट पानी तान्ने क्रममा करेन्ट लागेकाे थियाे ।

 

हिजो बेलुका पौने पाँच बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ खोटाङका ३६ वर्षीय भिमबहादुर बिकलाई स्थानीय रुपेश बजिमय र अर्जुन केसीको घरमा काठको काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागी घाइते भएका थिए । घाइते बिकलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल खोटाङ लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

 

यसैगरी, राति पौने ७ बजे मोरङको केराबारी गाउँपालिका ८ स्थित महादेव क्रसरका कामदार २३ वर्षीय टंक लिम्बू क्रसरमा रहेको इनारबाट मोटरले पानी तान्ने क्रममा करेन्ट लागि घाइते भएका थिए । तत्काल उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा अस्पताल पुर्‍याउनासाथ लिम्बूको मृत्यु भएको हो । घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।