बिर्तामोड । सहारा नेपालको अध्यक्षमा हरि राजवंशी सर्वसम्मत भएका छन् । आज सम्पन्न सहारा नेपाल साकोसको संचालक समिति र लेखा समितिको निर्वाचनमा अध्यक्ष पदमा हरि राजवंशी सर्बसम्मत भएको कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए ।
अध्यक्षसहित अधिकांश पदाधिकारी सर्बसम्मत भएको छ । गिरीका अनुसार सदस्यहरु सर्वसम्मत गर्ने प्रक्रियामा रहेको छ ।