समाज

धनकुटामा बालिका बलात्कार अभियोगमा युवक पक्राउ

By admin

May 04, 2022

धनकुटा । बालिका बलात्कारको अभियोगमा धनकुटा नगरपालिका-३ का एक युवक बुधबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २० वर्षीय सुवास कटुवाल रहेको प्रहरीले जनाएको छ ।

 

घटना गत फागुन ८ गतेको भए पनि बालिकाका आफन्तले सोमबार प्रहरीमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

 

अभियुक्त कटुवाललाई बुधबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको डीएसपी दाहालले बताए । बलात्कारपछि बालिकालाई बारम्बार धम्की दिने गरेको प्रहरीको भनाई छ । इकान्तिपुरबाट