समाज

इलामकी महिला हत्यामा संलग्न देवेन्द्र रिमाल पक्राउ

By admin

May 05, 2022

इलाम । विभत्सरुपमा हत्या गरि गाडिएको अवस्थामा फेला परेकी इलाम नगरपालिका ८ विनिता काफ्लेको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १७ गते इलाम नगरपालिका ८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरीरका विभिन्न भाग छुट्टाछुट्टै खाल्डोमा पुरिएको अवस्थामा विनिता काफ्लेको शव फेला परेको थियो ।

 

मृत फेला परेकी ३१ वर्षीया विनिता काफ्लेको हत्या आरोपमा संलग्न स्थानीय ४२ वर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो । शव फेला परेसंगै अनुसन्धानको क्रममा रिमालसंग काफ्लेको घनिष्ट सम्बन्ध रहेको खुलेको थियो ।

 

सोही सम्बन्धका कारण निजलाई पक्राउ गरिएको र सोधपुछको क्रममा रिमाले उक्त घटना आफैँले गराएको भनी साबिति बयान दिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

 

केही चीज गाडिएको जस्तो देखिएको ठाउँमा प्रहरीले खनेर हेर्दा घाँटी र शरीर अलग अलग भएको अवस्था शव भेटिएको स्थानीयले बताएका थिए । हातसमेत काटिएको अवस्थामा खाल्डोमा महिलाको शव भेटिएको थियाे ।

 

काफ्ले बैशाख १४ गतेदेखि वेपत्ता भएकी थिइन् । घरदेखि दुई सय मिटर टाढा गाडेको अवस्थामा उनको शव भेटिएको हो । उनको श्रीमान भने गतवर्ष वैदेशिक रोजगारीको क्रममा विदेशमै मृत्यू भएको थियो ।

 

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।