समाज

इलाम देउमाईका दाजुभाइ हत्या आरोपमा पक्राउ

By admin

May 05, 2022

इलाम । देउमाई नगरपालिका ७ का ४५ वर्षीय सन्तोष बाला राईको हत्या गरेको आरोपमा २ जनालाई इलाम प्रहरीले पक्राउ गरेको छ ।

 

वैशाख १५ गते स्थानीय स्वास्थ्य चौकीबाट कोरोनाको खोप लगाई फर्कदैँ गरेका राईको हत्या सम्बन्धमा अनुसन्धान गर्ने क्रममा २ जनालाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा देउमाई नगरपालिका ७ चुलिगाउँका २३ वर्षीय भुपेन राई र निजकै भाइ २० वर्षीय श्रीचन्द्र राई रहेका छन् ।

 

उनीहरुले कोरोनाको खोप लगाई घर फर्कदैँ गरेका राईलाई बाटोमा सामान्य बादबिबादकै क्रममा अन्धाधुन्ध कुटपिट गरी हत्या गरेको खुलेसंगै दुबै जनालाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।

 

मदिरा सेवन गरेर सन्तोष वालाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको हाे । सन्तोष वालाको भूपेन र चन्द्रले ढुङ्गा प्रहार गरी हत्या गरेको बताइएको छ । दुई व्यक्तिसहित हत्यामा प्रयोग भएको ढुङ्गासमेत जिल्ला प्रहरी कार्यालय इलाममा ल्याइएको छ ।

 

मृतककी श्रीमती सीता राईले वैशाख १६ गतेको घटनामा संलग्न भएको भन्दै कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएपछि प्रहरीलाई अनुसन्धानमा सहज भएको थियो । दुवै घटनामा संलग्नलाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलामका प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए ।