समाज

ताप्लेजुङमा छोराले गरे वृद्ध बाबुआमाको हत्या

By admin

May 06, 2022

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका ६ लेलेपको गोटीछाँगामा छोराले वृद्ध बाबुआमाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार आइतराज लिम्बूले बिहीबार बेलुका ७० वर्षीय बाबु बृखबहादुर र ७२ वर्षीय आमा फिपरानीको हत्या गरेका हुन् ।

 

२५ वर्षीय आइतराजलाई प्रहरी नियन्त्रणमा लिएको राईले जानकारी दिए । मादक पदार्थ सेवनका कारण घटना भएको प्रारम्भिक जानकारी आएको राईले बताए । स्थानीयका अनुसार एकान्तस्थलमा यहाँ २ वटामात्रै घर रहेका छन् ।

 

घटनाको जानकारी पनि स्थानीयले लेलेप प्रहरी चौकीमा गरेका थिए । आइतराज भेँडीगोठमा बस्ने गर्थे । एक साताअघि मात्रै पारिवारिक झगडा लेलेप प्रहरी चौकीमा मिलाएको स्थानीयले बताएका छन् । इकान्तिपुरबाट