समाज

झापाको सिमावर्ती नाका २७ गते राति नै बन्द हुने

By admin

May 07, 2022

बिर्तामोड । भारतसँग सीमा जोडिएका झापाका सबै नाकाहरु ३० गते राति १२ बजेसम्मलाई बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाले सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्न सीमा नाका बन्द गर्न लागिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । प्रजिअ रिजालका अनुसार ०७९ वैशाख २७ गते राति १२ बजेदेखि नाका बन्द हुनेछ ।

 

यसैगरी, निर्वाचन हुने दिन बिहान ५ बजेदेखि बेलुका ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारी साधन बन्द रहने पनि सूचनामा जनाइएको छ । प्रशासनका अनुसार एम्बुलेन्स, दमकल, सञ्चार सेवा, शव बाहन, अस्पताल सेवा, विद्युत् सेवाजस्ता सवारीसाधन भने चल्न पाउनेछन् ।