समाज

भोजपुरमा महिला उम्मेदवारमाथि आक्रमण

By admin

May 08, 2022

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा उम्मेदवारमाथि आक्रमण भएको छ । उक्त नगरपालिकाको वडा नं १० साङ्पाङमा वडा सदस्य पदमा एमालेबाट उम्मेदवारी दिएकी अनिता तामाङमाथि नचिनेका व्यक्तिहरुले शनिबार राति दश बजे आक्रमण गरेका हुन् ।

 

तामाङको टाउकोमा चोट लागेको छ । उनी स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर फर्किएकी छन् । अनुहारमा मास्क लगाएर आक्रमण गरेकाले आक्रमणकारीको पहिचान हुन नसकेको भोजपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताए ।

 

खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । राईका अनुसार आक्रमण गर्नेको खोजी भइरहेको छ ।