समाज

प्रसाईले गरे साङ्लोमा बाँधिएका बस्नेतको उद्दार

By admin

May 08, 2022

बिर्तामोड । बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले १० वर्षअघि देखि साङ्लोमा बाँधिएका एक युवाको उद्दार गरेका छन् । झापा हल्दिबारी गाउँपालिकाको गोलधापबाट २८ वर्षीय केशव बस्नेतको उद्दार गरिएको हो ।

 

एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईं नेतृत्व चिकित्सक टोलीले आइतबार निवासमै गएर बस्नेतको उद्दार गरेको हो । प्रसाईले आर्थिक अभावमा कसैको उपचार भएको छैन भने खबर गर्नु भनी सार्वजनिकरुपमै आह्वान गर्दै आएका छन् । करिब एक दर्जनजति बिरामीको उपचार पनि गरिसकेका छन् ।

 

प्रसाईंले गत वर्ष पनि खर्चको अभावमा उपचार गर्न नसकी घरमै फलामे साङ्लोमा बाँधिएका एक मानसिक बिरामी हल्दिबारीका २३ वर्षीय गंगाप्रसाद ढकालको उद्धार गर्दै बीएन्डसी अस्पतालमा निःशुल्क उपचार गराएका थिए । गोल्धाप राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गाउँ हो ।