समाज

धनकुटामा लडेर एक जनाको मृत्यु

By admin

May 09, 2022

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका २ सान्नेस्थित मालबासेमा आइतबार लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका ७ का ४५ वर्षीय दिलबहादुर कार्की रहेको प्रहरीले जनाएको छ ।

 

मालबासेका झमकबहादुर सार्कीको घरमा पाहुना जानेक्रममा लडेर उनको मृत्यु भएको जनाइएको छ । पोस्टमार्टमका लागि शव जिल्ला अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।