खेलकुद

१३ औं सागकी स्वर्णधारी सन्जु मृत भेटिइन्

By admin

May 10, 2022

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छिन् ।

 

नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा सन्जु मृत भेटिएको जानकारी गराए । प्रशिक्षक महर्जनको घरमा भोज खान गएर त्यहिँ बसेकी सन्जु बिहान झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

 

प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको छ । भोजमा अध्यक्ष श्रेष्ठसहित अन्य खेलाडी सामेल थिए । सन्जु भने त्यहिँ बसेकी थिइन्। १९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुन सन्जु काठमाडौं आएकी थिइन् ।

 

नेपालगन्ज घर भएकी सन्जुले १३औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् । खेलपाटीबाट