समाज

झापाको हल्दिबारीमा चट्याङ लागेर भेनाको मृत्यु

By admin

May 16, 2022

झापा । गएराति पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका २ स्थित राईटोल निवासी सुफल हस्दाका २६ वर्षीय छोरा भेना हस्दा रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

 

प्रहरीका अनुसार गएराति साढे १ बजे भेना शौचालय गर्न कोठाबाट बाहिर निस्किएका थिए । सोही बेला परेको चट्याङले लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

 

यता प्रहरी टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागी मेची अस्पताल भद्रपुर पठाइएको छ ।