राजनीति

अर्जुनधारा १० र ११ मा एमाले, ९ मा कांग्रेसको अग्रता कायमै

By admin

May 20, 2022

झापा । अर्जुनधारा नगरपालिकामा जारी स्थानीय तह निर्वाचनको मतगणनामा १० र ११ नम्बर वडामा नेकपा एमालेका उम्मेद्वारले आफ्नो अग्रतालाई कायम राखेका छन् । यता ९ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेद्वारले लिएको सुरुवाती अग्रता यथावत ।

 

पछिल्लो प्राप्त मत परिणामअनुसार ९ नम्बर वडाको अध्यक्ष पदका प्रत्यासी भिष्म मिश्रले १ हजार मतगणना हुँदा ५४३ मत प्राप्त गर्दै अग्रता बनाइराखेका छन् । उनका प्रतिद्वन्द्वी एमालेका नरेन्द्र राईले २७८ मत पाएका छन् ।

 

यस्तै, वडा नम्बर १० मा ८०० मत गणना हुँदा एमालेका उम्मेद्वार भुपेन्द्र न्यौपानले २९९ मत ल्याएर अघि छन् भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारद दुःखीले १९० मत पाएका छन् ।

 

यसैगरी, ११ नम्बर वडामा एमालेका उम्मेद्वार खगेन्द्र इङनामले ५८२ मत पाएर अग्रस्थानमा छन् । १ हजार ३९५ मत गणना हुँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार जगत रानामगरले ५३९ मत ल्याएका छन् ।

 

यस नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेका उम्मेद्वार नै अगाडि छन् । एमालेका मेयर पदका प्रत्यासी बलदेव सिंह गोम्देनले सर्वाधिक १४ हजार ६३८ मत ल्याएर सुरुवाती अग्रता कायमै राखेका छन् । ३० हजार ६४७ मत गणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेद्वार रञ्जिता कार्कीले ११ हजार ८३० मत ल्याएर पछ्याइरहेकी छन् ।

 

यस्तै, एमालेको तर्फबाट उपमेयर पदकी प्रत्यासी खड्गमाया पराजुलीले १३ हजार ८८६ मत ल्याएर अघि छन् भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार जितेश योञ्जनले ७ हजार ५७३ मत पाएका छन् ।