खेलकुद

झापा एफसी फेरि लिगको शीर्ष स्थानमा

By admin

May 20, 2022

काठमाडौं । झापा फुटबल क्लब सहिद स्मारक ‘सी’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कप्लेक्स सातदोबाटोमा शुक्रबार मनोहरा युनाईटेडलाई २-० ले हराउँदै झापा शीर्ष स्थानमा उक्लिएको हो ।

 

झापाको जितमा हरिबहादुर आले मगर र मनिष लिम्बुले एक एक गोल गरे । जितसँगै झापाले ९ खेल २२ अंक जोडेको छ । मनोहरा १२ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

 

अर्को खेल स्पोर्ट्स एकेडेमी संघले रानीबन स्पोर्ट्स क्लबलाई ३(२ ले हराएको छ । स्पोर्ट्स एकेडेमीको जितमा समन श्रेष्ठ, मनिष आचार्य र सन्देश खवासले एक एक गोल गरे । रानीबनका किशन कठायतले दुई गोल गरे ।

 

जितपछि स्पोर्ट्स एकेडेमीले ९ अंक जोडेको छ । रानीबनको १० अंक रहेको छ । ‘सी’ डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । लिगका शीर्ष दुई टिम ‘बी’ डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।