समाज

बिर्तामोडबाट ५ जना जुवाडे पौने २ लाखसहित पक्राउ

By admin

May 25, 2022

झापा । झापाको बिर्तामोड ५ बाट ५ जना जुवाडे डेढ लाखभन्दा बढी रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना इलाम सूर्योदय नगरपालिकाका छन् ।

 

हिजो साँझ साढे ६ बजेको समयमा बिर्तामोड ५ बस्ने ३८ वर्षीय डालकुमार राईको घरको कोठामा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा ईलाम सूर्योदय १० बस्ने ३० वर्षीय दिलकुमार श्रेष्ठ, बिर्तामोड ५ बस्ने ३६ बर्षीय सन्जीव घतानी, सोही ठाउँका ४२ वर्षीय संसुहाङ चेम्जोङ, ३८ बर्षीय डालकुमार राई (घरधनी) र मेचीनगर २ बस्ने ४८ वर्षीय भुपु राई रहेका छन् ।

 

तास र कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई नगद १, ७४ हजार ७३५ रुपैयाँ, ३ बुक तास र १५ थान कौडासहित नियन्त्रणमा लिई ई।प्र।का।अनारमनीमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।