समाज

इटहरीमा पेस्तोल र लागूऔषधसहित तीन जना पक्राउ

By admin

May 31, 2022

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका ४ स्थित जनता टोलबाट प्रहरीले पेस्तोल र लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा इटहरी उपमहानगरपालिका ४ बस्ने १९ वर्षीय धनबहादुर राई, २७ वर्षीय टीका राई र इटहरी ५ बस्ने २८ वर्षीय धनबहादुर राई रहेका छन् । प्रहरीले उनीहरूको साथबाट लेबल नभएको लागूऔषध २४ एम्पुल र मेडइन यूएसए लेखिएको १ थान पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने १ थान म्याग्जिन बरामद गरेको जनाएको छ ।

 

पेस्तोल बोकेका युवाहरुले लागूऔषध बेचबिखन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जेठ १३ गते राति ११ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेर सोमबार मात्र सार्वजनिक गरेको हो ।

 

प्रहरी निरीक्षक भीमबहादुर खड्काका अनुसार उनीहरूमाथि हातहतियार सम्बन्धी र लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहको छ ।