समाज

धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

By admin

June 01, 2022

धनकुटा । धनकुटामा बुधबार बिहान २ बजे मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 

धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे. ६ प १७५६ नम्बरको मोटरसाइकल धनकुटा नगरपालिका ६ मा अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक पुरन राईको मृत्यु भएको हो ।

 

संखुवासभाको खाँदबारी नगरपालिका १० घर भई धनकुटा बस्दै आएका २४ वर्षीय राईको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।